२२ चैत- नेकपा एमालेका अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई थुनामा राखेर अनुसन्धान गर्न थप पाँच दिन म्याद थपिएको छ।
काठमाडौँ जिल्ला अदालतले आइतबार अनुसन्धानका लागि थप पाँच दिनको म्याद दिने अनुमति दिएको हो। न्यायाधीश जगत बहादुर पौडेलको इजलासले उक्त निर्णय गरेको हो।
यसअघि पनि उनीहरूविरुद्ध अनुसन्धान जारी रहेकाले थप समय आवश्यक भएको भन्दै म्याद थपको माग गरिएको थियो। अदालतले सोही आधारमा अनुसन्धानलाई निरन्तरता दिन म्याद थप गरेको जनाएको छ।
ओली र लेखकलाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
Leave a Comment
Leave a Comment

