२४ घण्टाभित्र लाइसेन्स छापिने

1 Min Read

२४चैत- सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइमा देखिएको लामो समयको ढिलासुस्ती अन्त्य गर्न नयाँ तथा प्रभावकारी व्यवस्था लागू गरेको जनाएको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार अबदेखि नयाँ लाइसेन्सका लागि आवश्यक प्रक्रिया पूरा भएको २४ घण्टाभित्रै कार्ड छापिनेछ। यातायात व्यवस्था विभागबाट डाटा प्राप्त हुनासाथ सुरक्षण मुद्रण केन्द्रले २४ घण्टाभित्र कार्ड छापी विभागलाई उपलब्ध गराउने व्यवस्था गरिएको छ।
यो प्रणाली लागू भएसँगै नयाँ आवेदकहरूले लाइसेन्स कार्डका लागि लामो समय कुर्नुपर्ने बाध्यता अन्त्य हुने मन्त्रालयको विश्वास छ।
त्यस्तै, लामो समयदेखि छाप्न बाँकी रहेका करिब २९ लाख पुराना लाइसेन्सहरू समेत आउँदो असार मसान्तसम्म छापिसक्ने लक्ष्य सरकारको छ।

Share This Article
Leave a Comment