कनकाई पुलमा शङ्कास्पद वस्तु फेला

1 Min Read

१९ पुस, झापा ।  झापाको कनकाई नगरपालिका ४ कनकाई पुलको पूर्वीभागमा बम जस्तो देखिने बस्तु फेलापरेपछि अहिले उक्त क्षेत्रलाई सिल गरेको छ ।

कनकाई ४ कोटीहवन क्षेत्रको उक्त क्षेत्रको पुलमाथिनै प्रेसर कुकरमा तार जोडेर देखिनेगरी राखिएको र कागजको टुक्रामा समेत केहि लेखेको देखिए पनि नजिक जाने अवस्था भने नभएको एकाछेउबाट मात्रै सावारी आवगमनलाई सुचारु बनाइएको प्रहरीले जनाएको  छ ।

यस घटनाबारेमा प्रहरीले सेनाको डिस्पोजर टोली आएपछि मात्रै केहि बताउन सकिने जनाएको छ । शनिबार बिहान करिव ३ बजेनै त्यहाँ हिँड्डुल गर्ने स्थानीयले शङ्कास्पद वस्तु देखेपछि प्रहरीमा खबर गरेका थिए ।

Share This Article
Leave a Comment