१९ असार । नेपाली कांग्रेसको संस्थापनइतर पक्षका नेताहरू बैठक निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खडकाको निवासमा बसिरहेको छ । काङ्ग्रेसका केहि पुर्व पदाधिकारी तथा नेताहरू सहित खड्का निवास गल्फुटारमा बैठक बसिरहेको हो ।
बैठकमा पूर्वउपसभापति विमलेन्द्र निधि र विजय गच्छदार , पूर्व महामन्त्रीहरू कृष्ण सिटौला, डा. शशांक कोइराला र प्रकाशमान सिंह, पूर्वसहमहामन्त्री महालक्ष्मी डिना उपाध्याय, सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर, कर्णाली सभापति ललितजंग शाही, नेताहरू मीन विश्वकर्मा, एनपी साउद, डा. प्रकाशशरण महत, रमेश लेखक, कृष्णप्रसाद पौडेल, आनन्दप्रसाद ढुंगाना, मोहन बस्नेतलगायत सहभागी रहेको निकट श्रोतले जानकारी गराएको छ ।
सातवटै प्रदेशमा प्रदेश स्तरीय भेलाको आयोजना गरिसकेको यो समूहले आजको बैठकमा प्रदेश भेलाको समीक्षा र भावी रणनीतिबारे छलफल गर्ने बताइएको छ ।
नेता खड्काले बैठकका एजेन्डाबारे जानकारी नदिएपनि छलफल र भेटघाटका लागि नेताहरूलाई बोलाइएको प्रतिक्रिया दिए ।

