किरण साहविरुद्धको मुद्दामाथि पर्सा जिल्ला अदालतमा सकियो बहस

1 Min Read
किरण साहविरुद्धको मुद्दामाथि पर्सा जिल्ला अदालतमा सकियो बहस

बिहीबार, १९ भदौ २०८२

 सारांश

  • खानेपानी मन्त्रीसँगको विवादमा पक्राउ परेकी किरण साहविरुद्धको मुद्दामा बहस सकिएको छ।
  • पर्सा जिल्ला अदालतमा न्यायाधीश कमलकान्त जोशीको इजलासमा बहस भएको हो।
  • टिकटकर किरण साहलाई मन्त्रीका स्वकीय अधिकृतको जाहेरीका आधारमा पक्राउ गरिएको थियो।

वीरगन्ज । खानेपानी मन्त्री प्रदीप यादवसँग विवाद गरेको विषयमा पक्राउ परेकी किरण साहविरुद्धको मुद्दामा बहस सकिएको छ । सरकारी वकिलको कार्यालयबाट पर्सा जिल्ला अदालतमा पेस भएको मुद्दामा बिहीबार बहस सकिएको हो । 

पर्सा जिल्ला अदालतका श्रेस्तेदार प्रभिक मल्लिकले केहीबेर अघिमात्रै न्यायाधीश कमलकान्त जोशीको इजलासमा साहको मुद्दाको बहस सकिएको हो । 

वर्गीकृत विज्ञापन

विज्ञापन पोस्ट गर्नुहोस् सबै हेर्नुहोस् 

गएको शनिबार प्रहरीले सोधपुछका लागि भन्दै टिकटकर समेत रहेकी साहलाई बोलाएको थियो । त्यसपछि खानेपानी मन्त्री यादवको स्वकीय अधिकृत हरिन्द्र साहले दिएको जाहेरीका आधारमा नियन्त्रणमा लिएर प्रहरीले उनीमाथि मुद्दा दर्ता गरी कानुनी प्रक्रिया अगाडि बढाएको थियो । 

Shivam Cement

उनीविरुद्ध विद्युतीय कारोबार सम्बन्धी अपराध, संघीय सांसदलाई ज्यान मार्ने धम्की दिन नहुने र झुटा अफवाह फैलाएको कसुर सम्बन्धी मुद्दा दर्ता भएको छ । 

Share This Article
Leave a Comment