गृहमन्त्री पदबाट गुरुङले दिनुभयो राजीनामा

1 Min Read

वैशाख ९ – गृहमन्त्री सुदन गुरुङले आफ्नो पदबाट राजीनामा दिनुभएको छ। २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आउनुभएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई गम्भीर रूपमा लिँदै पदबाट राजीनामा दिनुभएको हो।

मन्त्री गुरुङले आफ्नो राजिनामा पत्र प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष पेस गर्नुभएको जानकारी प्रधानमन्त्रीका सञ्चार सहजकर्ता सुरेन्द्र बजगाईले जानकारी दिनुभयो । 

मन्त्री गुरुङले पदभन्दा नैतिकता र जनविश्वास ठुलो भएको बताउनुभएको छ। आफूसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा स्वार्थको द्वन्द्व नदेखियोस् भन्ने उद्देश्यले राजीनामा दिएको उहाँले स्पष्ट पार्नुभएको छ। गृह मन्त्रालयको जिम्मेवारी हालका लागि प्रधानमन्त्रीले नै सम्हाल्नु हुने छ।

Share This Article
Leave a Comment