विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग प्रधानमन्त्रीको छलफल।

1 Min Read

७ बैशाख २०८३ — प्रधानमन्त्री बालेन्द्र साहले विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्नुभएको छ ।
प्रधानमन्त्री शाहले आज सिंहदरबारमा उपकुलपतिहरूसँग सामुहिक छलफल गर्नुभएको हो । प्रधानमन्त्री कुलपति रहने ११ विश्वविद्यालय र सात वटा प्रतिष्ठान गरि १८ जना उपकुलपतिहरू संगको विश्वविद्यालयका समस्या र समाधानका उपायबारे विमर्श भएको जनाइएको छ । बैठकमा त्रिभुवन विश्वविद्यालय , काठमाडौँ विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति पनि उपस्थित हुनुभएको थियो ।

छलफलमा नेपाल संस्कृत विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय मध्यपश्चिमाञ्चल विश्वविद्यालय,कृषि तथा वनविज्ञान विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपतिहरू सहभागी रहनुभएको प्रधानमन्त्री कार्यालयले जानकारी गराएको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट),चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति त्यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग पनि प्रधानमन्त्रीले छलफल गर्नुभएको छ ।

Share This Article
Leave a Comment