गौरादहमा ट्र्याक्टर दुर्घटना: एक जनाको मृत्यु, चार जना घाइते

1 Min Read

२६ पुष, झापा- झापाको गौरादहमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
शुक्रबार राति करिब १०:३० बजे गौरादह नगरपालिका–५ चान्दुखोला स्थित भित्री सडक खण्डमा बालुबथानबाट फकिटिप गाउँतर्फ जाँदै गरेको मे १ त ७१०८ नम्बरको खाली ट्र्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हो।


दुर्घटनामा ट्र्याक्टरमा सवार ऐ.ऐ. ७ निवासी ३५ वर्षीय महमत माजिम गम्भीर घाइते भएका थिए। उपचारका लागि दमक अस्पताल लगिएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।दुर्घटनामा घाइते हुनेमा ऐ.ऐ. ७ बस्ने ४९ वर्षीय सत्य नारायण राजवंशी रहेका छन्। उनको बाँया खुट्टामा सामान्य चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। त्यस्तै ऐ.ऐ. ७ बस्ने २३ वर्षीय संजित ऋषीदेवको शरीरका विभिन्न भागमा चोट लागेको भए पनि अवस्था सामान्य रहेको छ।


त्यसैगरी ऐ.ऐ. ७ बस्ने २३ वर्षीय अभिजुल मियाको देब्रे खुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको छ भने गौरादह नगरपालिका–७ बस्ने ३४ वर्षीय केलु मियाको छातीमा चोट लागेको भए पनि बोल्न सक्ने अवस्थामा रहेको र अवस्था सामान्य रहेको बताइएको छ। सबै घाइतेको दमक अस्पतालमा उपचार भइरहेको छ।


दुर्घटनापछि ट्र्याक्टर चालक गौरादह नगरपालिका–७ निवासी ३८ वर्षीय यमप्रसाद राजवंशी फरार रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Share This Article
Leave a Comment