१७ मंसिर- गौरादह नगरपालिकाले कृषक हरुलाइ कृषि सामग्री वितरण गरेको छ।
नगरपालिकाको कृषि शाखाले बुधबार तुसारोबाट बचाउन ,धान सुकाउन तथा झारपात नियन्त्रण संगै माटोको चिस्यान कायम गर्न आवस्यक सामग्रीहरु कृषकलाइ वितरण गरेको हो ।
नगरपालिकाले तरकारी खेती गर्ने कृषकलाइ हिउँदको समयमा चिसो र तुसारोबाट बचाउन प्लास्टिक टनेल ,चैतेधान सुकाउन त्रीपाल त्यसैगरी झारपात नियन्त्रणका साथै माटोको चिस्यान कायम गर्न मल्चिङ वितरण गरेको हो। सम्बन्धित वडाको सिफारिसका आधारमा कृषि क्षेत्रमा निरन्तर कर्म गर्ने एवं मेहनत पुर्वक कृषि कर्म गर्ने कृषक हरुलाइ सामग्री वितरण गरिएको नगरपालिकाको आर्थिक बिकास समितिका संयोजक समेत रहनु भएका वडा नम्बर ७ का वडाध्यक्ष बलराम खरेलले जानकारी दिनुभयो ।
प्राबिधिकहरुको टोलिले निरीक्षण गरि नगरपालिकाको ७५ प्रतिशत र कृषकको २५ लागत साझेदारी रहनेगरी २ सय ९३ कृषकलाई ७ लाख बराबरको कृषि सामग्री वितरण गरिएको कृषि विकास शाखा प्रमुख शिव न्यौपानेले जानकारी दिनुभयो ।
आफुहरुले थोरै लगानीमा महत्त्वपूर्ण कृषि सामग्री प्राप्त गरेको भन्दै कृषक हरुले प्रसन्नता प्रकट गरेका छ्न । नगरपालिकाले २२३ त्रीपाल २० मल्चिङ र ४९ जनालाई टनेल वितरण गरेको छ।


