१७ मंसिर- स्वास्थ्यका लागि खेलकुद ,रास्ट्रका लागी खेलाडी भन्ने नाराका साथ गौरादह नगरपालिका स्तरीय १६औं रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ सुरुभएको छ ।
गौरादह नगरपालिकाको आयोजनामा गौरादह १को जनता माध्यमिक बिद्यालयमा बुधबार बाट सुरु भएको प्रतियोगिताको गौरादह नगरपालिकाका नगर प्रमुख छत्रपत्री सुवेदीले उद्द्घाटन गर्नु भयो। प्रतियोगितामा गौरादह नगरपालिकाका १० सामुदायिक बिद्यालय ,१० सस्थागत बिद्यालय र १ कलेज गरि २१ माध्यमिक बिद्यालयको सहभागीता रहेको नगरको शिक्षा तथा खेलकुद विकास शाखा प्रमुख विदुर आचार्यले जानकारी दिनुभयो ।
भलिबल ,कबर्डी सहित एथलेटिक्स तथा मार्सल आर्टस अन्तर्गतका विभिन्न बिधामा प्रतिस्पर्धा हुने प्रतियोगिता आज बाट ३ दिन सम्म संचालन हुनेछ । उद्द्घाटन समारोहलाइ सम्बोधन गर्दै गौरादह नगरपालिकाका नगरप्रमुख छत्रपति सुवेदीले खेलकुदको राष्ट्रिय चाडकै रुपमा मनाइने रास्ट्रपति रनिङ सिल्ड प्रतियोगिता गौरादहमा सुरु भएको भन्दै छानिएका खेलाडी हरुलले जिल्ला स्तरीय प्रतियोगितामा सहभागता जानाउने भन्दै सफलताको शुभकामना प्रदान गर्नुभयो ।
स्वागत मन्तव्य प्रदान गर्नुहुदै गौरादह नगर खेलकुद विकास समितिका अध्यक्ष समेत रहनुभएका गौरादह ९ का वडाध्यक्ष उपेन्द्र निरौलाले खेल शिक्षक हरु तथा प्रतियोगी खेलाडीहरुको भुमिका महत्वपूर्ण हुने बताउनुभयो ।
कार्यक्रममा नगर उप प्रमुख जल वर्षा राजवंशी चौधरी ,गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सुवेदी , गौरादह १ का वडाध्यक्ष नगेन्द्र भण्डारी , २ का वडाध्यक्ष गोपाल प्रसाद कोईराला ,४ का वडाध्यक्ष दुर्गामणी बस्नेत ,७ का वडाध्यक्ष बलराम खरेल , गौरादह खेलकुद विकास समितिका उपाध्यक्ष हेमन्त कार्की , स्थानीय स्काउट गौरादहका प्रमुख आयुक्त चुडामणि अधिकारी बद्री सहित विभिन्न संघ ,सस्थाका प्रतिनिधि बिधालयका प्रधानाध्यापक , शिक्षक प्रतिनिधि खेलाडी बिद्यार्थीहरु सहित स्थानीय खेलप्रेमीहरुको उपस्थिति रहेको थियो । कार्यकमको सुरुवातमा विभिन्न बिद्यालयका बिद्यार्थीहरुले आकर्षक मार्चपास समेत गरेका थिए ।

