२४ वैशाख, झापा – सन्तानका लागि आमा कार्यक्रम मार्फत आज गौरीगंज १ को जनकल्याण आधारभूत विद्यालयका आमाहरू लाई उत्प्रेरित गरिएको छ ।
गौरीगन्ज गाउँपालिकाकाको सहयोगमा एफएम प्लस ८९.१ मेगाहर्जले सामुदायिक विद्यालयका अभिभावक आमाहरूलाई उत्प्रेरित गर्ने उदेश्यले कार्यक्रम संचालन गरेको हो । आजको कार्यक्रममा गौरीगंज गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख राम प्रसाद मिश्र , ब्यवस्थापन समिति अध्यक्ष गोपाल चन्द्र सिंह राजवशी , विद्यालयका प्रधानाध्यापक चन्द्र प्रसाद भट्टराई , स्थानीय सामाजिक ब्याक्तित्व श्याम राजवंशी , गुरुआमा अनुसा बजगाँई सहित कार्यक्रमका परिकल्पनाकार एवं एफएम प्लस ८९.१ मेगाहर्जका प्रवन्ध निर्देशक युवराज भट्टराईले आमाहरूलाई सन्तानलाई असल, स्वस्थ र सफल बनाउन ध्यान दिनुपर्ने विषयहरूबारे जानकारी गराउँदै व्यवहारमा उतार्न प्रेरित गर्नुभयो।
कार्यक्रममा सहभागी आमाहरूलाई पैसाको सही प्रयोग, असल खानपान, असल संगत, नियमितता, अभिभावकद्वारा गरिने विद्यालय अनुगमनको महत्त्व, सामाजिक सञ्जालको सदुपयोग लगायतका विभिन्न विषयमा जानकारी गराइएको थियो।
कार्यक्रमको अन्त्यमा एफएम प्लस ८९.१ मेगाहर्जका स्टेसन संयोजन मन्जु डाँगीसंग प्रतिक्रिया दिदै आमाहरूले सन्तानको उज्ज्वल भविस्यका लागि आज भएका कुराहरूलाई ब्यवहारमा समेत लागुगर्ने प्रतिबद्धता जनाउनुभयो । आफुहरुका कारण पनि नानी बाबुहरुमा नराम्रो बानी बसेको स्वीकार गर्दै आमाहरूले घरबाटै अब खान -पान , आहार -विहार , पठनपाठन ,बोलीचाली लगयतका कुरामा ध्यानदिदै छोराछोरीले आफुहरुबाट असल संस्कार सिक्न्ने वातावरण निर्माणमा लाग्ने बताउनु भयो ।
कार्यक्रममा कारितास नेपालका सामाजिक परिचारिका मनिता सुवेदी सहित अभिवावक बुबा , हजुरबुबा , हजुरआमाहरुको पनि सहभागिता रहेको थियो ।

