जेनजी शहीद दिवसमा देशभर सार्वजनिक बिदा

1 Min Read

२३ भदौ । जेनजी आन्दोलनका शहीदहरूको स्मरणमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ।
मन्त्रिपरिषद्को १८ भदौको बैठकले २३ भदौलाई ‘जेनजी शहीद दिवस’ घोषणा गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध सुरु भएको जेनजी आन्दोलन पछि भ्रष्टाचार, नातावाद, बेरोजगारी, असमान अवसर र राज्य सञ्चालनको शैलीविरुद्धको व्यापक आवाजमा परिणत भएको थियो।

गत वर्ष २३ भदौमा काठमाडौंमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो। त्यसको भोलिपल्ट देशभर भएको प्रदर्शनसहित दुई दिनमा सुरक्षाकर्मी र प्रदर्शनकारी गरी ७६ जनाले ज्यान गुमाएका थिए। आन्दोलनका क्रममा सरकारी तथा निजी संरचनामा समेत क्षति पुगेको थियो।
जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा आज शहीदहरूको योगदानको स्मरण गर्दै देशभर विभिन्न कार्यक्रम हुँदैछन्।

Share This Article
Leave a Comment