चैत २० – देशभरका स्थानीय तहले लामो समयदेखि महसुस गर्दै आएको प्रमुख प्रशासकीय अधिकृतको अभाव अन्ततः अन्त्य भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपटक व्यापक रूपमा कर्मचारी खटाउँदै सबै ७५३ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको पदपूर्ति पूरा गरेको छ।
यसअघि उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकासहित १४५ स्थानीय तहमा कार्यालय प्रमुख रिक्त थिए। साथै विभिन्न जिल्लाका जिल्ला समन्वय समितिहरूमा समेत समन्वय अधिकारीको अभाव देखिएको थियो। मन्त्रालयले ती सबै स्थानमा आवश्यक जनशक्ति पठाएर प्रशासनिक संरचना मजबुत बनाएको छ।
मन्त्री प्रतिभा रावलका अनुसार आफूले कार्यभार सम्हाल्दा १४२ स्थानीय तह प्रमुखविहीन अवस्थामा थिए। छोटो समयमै ती सबै स्थानमा कर्मचारी खटाएर प्रशासनिक शून्यता अन्त्य गरिएको उनले बताइन्।
यस क्रममा चैत १६ गते ६३ जना उपसचिव तथा सहसचिव स्तरका कर्मचारीलाई विभिन्न नगरपालिका र जिल्ला समन्वय समितिमा पठाइएको थियो। त्यसपछि चैत १९ गते ७८ गाउँपालिकामा अधिकृत स्तरका कर्मचारी पठाइएसँगै देशभरका सबै स्थानीय तहले प्रमुख प्रशासकीय अधिकृत पाएका छन्।
यो कदमसँगै स्थानीय तहको सेवा प्रवाह, प्रशासनिक कार्यसम्पादन र विकास निर्माणका गतिविधिमा थप गति आउने अपेक्षा गरिएको छ।
देशभरका स्थानीयमा तह प्रमुख प्रशासकीय अधिकृतको अभाव अन्ततः अन्त्य
Leave a Comment
Leave a Comment

