नेपाल प्रहरीका विभिन्न पदमा ४०० भन्दा बढी संख्यामा भर्ना खुल्यो

1 Min Read

चैत २० – नेपाल प्रहरीले प्राविधिकतर्फ विभिन्न पदमा ४०० भन्दा बढी संख्यामा भर्ना खुलाएको छ। प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक, प्रहरी सहायक निरीक्षक तथा प्रहरी जवान पदमा आवेदन माग गरेको छ ।
इन्जिनियरिङतर्फ कम्प्युटर, सञ्चार, सिभिल, इलेक्ट्रिकल, बिल्डिङ एण्ड आर्किटेक तथा अटोमोबाइल क्षेत्र समेटिएका छन्। त्यसैगरी विधि विज्ञानतर्फ बायोलोजी र रसायन तथा स्वास्थ्यतर्फ मेडिकल अफिसर, डेन्टल अधिकृत, डाइटेटिक्स, फिजियोथेरापी टेक्नोलोजिस्ट, स्टाफ नर्स, फार्मेसी असिस्टेन्ट, सीएमए लगायतका पदमा भर्ना खुलाइएको छ।

जसमध्ये प्रहरी जवानतर्फ २८० जना र अन्य पदमा १२९ जनाका लागि आवेदन खुला गरिएको छ।
दरखास्त दिने म्याद प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक र प्रहरी सहायक निरीक्षकका लागि चैत २५ देखि वैशाख २४ गतेसम्म तोकिएको छ। प्राविधिक प्रहरी जवान पदका लागि भने चैत २६ देखि वैशाख ३१ गतेसम्म आवेदन दिन सकिनेछ।

हेर्नुहोस् गोरखापत्र दैनिकमा प्रकाशित विज्ञापन–

Share This Article
Leave a Comment