१ बैशाख– आजदेखि विक्रम संवत् २०८३ औपचारिक रूपमा प्रारम्भ भएको छ। वैशाख १ गते अर्थात् वर्षको पहिलो दिन देशभर उत्साह, उमङ्ग र नयाँ सुरुआतको प्रतीकका रूपमा मनाइँदैछ। यस अवसरमा नेपालीहरू एकआपसमा शुभकामना आदानप्रदान गर्दै हर्षोल्लासपूर्वक नयाँ वर्षको स्वागत गरिरहेका छन्।
संसारभर विभिन्न तरिकाले नयाँ वर्ष मनाउने प्रचलन भए पनि नेपालमा वैशाख १ गतेलाई विशेष रूपमा नयाँ वर्षका रूपमा मनाउने परम्परा रहिआएको छ। सबैभन्दा पुरानो सम्वतका रूपमा विक्रम संवत् स्थापित रहेको छ, जसको आज पहिलो दिन हो।
पुरानो वर्षको अन्त्यसँगै नयाँ वर्षको सुरुआत हुनु वैज्ञानिक दृष्टिले पनि अर्थपूर्ण मानिएको विद्वानहरूको भनाइ छ। आजका दिन धेरैले गत वर्षका सफलता र असफलताको समीक्षा गर्दै आगामी दिनमा सफलता हासिल गर्ने र कमजोरी सुधार गर्ने सङ्कल्प गर्ने गर्छन्।
नयाँ वर्षका दिन बिहानै स्नान गर्ने, घर तथा आँगन सफा गर्ने, मठमन्दिरमा गई पूजाआराधना गर्ने, मीठा परिकार खाने तथा आफन्त, साथीसङ्गीसँग भेटघाट गरी शुभकामना साटासाट गर्ने चलन रहेको छ।
विश्वभर रहेका नेपालीहरूले पनि वैशाख १ लाई नयाँ वर्षका रूपमा मनाउँदै आएका छन्। यसै अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव लगायत विशिष्ट व्यक्तित्वहरूले शुभकामना सन्देशमार्फत सम्पूर्ण नेपालीको उन्नति, प्रगति र समृद्धिको कामना गरेका छन्।
नयाँ वर्ष २०८३ सुरु : देशभर शुभकामना आदानप्रदानसँगै हर्षोल्लास
Leave a Comment
Leave a Comment

