१ वैशाख, झापा — बिर्तामोड नगरपालिका वडा नम्बर ४ मा आज बिहान दुई उद्योगमा आगलागी हुँदा ठूलो क्षति भएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार बिहान करिब ४ः१५ बजे भक्तिप्रसाद उप्रेतीले सञ्चालन गरेको ‘झापाली चिप्स फ्याक्ट्री’ र चन्द्रप्रसाद खरेलको ‘सौगात काष्ठ फर्निचर’मा एकैसाथ आगलागी भएको हो।
आगलागीबाट दुवै उद्योगका कच्चा पदार्थ, तयारी सामग्री तथा मेसिनरी सामान जलेर नष्ट हुँदा करिब एक करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ।
आगो नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय बिर्तामोड, सशस्त्र प्रहरी बेस क्याम्प शनिश्चरेको टोली, साथै बिर्तामोड, भद्रपुर र मेचीनगर नगरपालिकाका दमकल तथा स्थानीयवासीको सक्रिय सहभागिता रहेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ भने केहीबेरअघि आगो पूर्ण रूपमा नियन्त्रणमा आएको छ।
बिर्तामोडमा दुई उद्योगमा आगलागी
Leave a Comment
Leave a Comment

