जेठ १० – नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठक आज पनि जारी रहने भएको छ । अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा बिहान ११ः३० बजे बैठक बस्ने तय भएको हो । शनिबार नेताहरूको धारणा राख्ने क्रम पूरा नभएकाले बैठक लम्बिएको उपमहासचिव लेखराज भट्ट ले जानकारी दिएका छन् । बैठकमा उठेका विषय र प्रश्नमाथि आज अध्यक्ष ओलीले जवाफ दिने कार्यक्रम रहेको छ । यसअघि शनिबारको बैठकमा महासचिव शंकर पोखरेल सहित तीन उपमहासचिव र चार सचिवहरूले आफ्ना धारणा राखेका थिए ।
बैठकमा बोल्ने अधिकांश नेताहरूले पार्टी नेतृत्वको शैलीप्रति असन्तुष्टि व्यक्त गर्दै अध्यक्ष ओलीलाई राजीनामा दिएर नयाँ नेतृत्वका लागि मार्ग खुला गर्न सुझाव दिएका थिए । बैठकमा पार्टीको आगामी रणनीति, नेतृत्वको भूमिकासहित समसामयिक राजनीतिक विषयमा गम्भीर छलफल भइरहेको बताइएको छ ।

