अमेरिकामाथि नेपालको सानदार जीत

1 Min Read

जेठ ८ गते – आइसीसी विश्वकप लिग-२ अन्तर्गत आज भएको खेलमा नेपाल विजयी भएको छ  । नेपालले आज अमेरिकालाई पराजित गरेको हो ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालले अमेरिकालाई १२२ रनले पराजित गरेको हो । आज विहान टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ३१७ रनको योगफल बनाएको थियो । ३१८ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रिएको अमेरिकाले ४१ दशमलव २ ओभरमा अल आउट हुँदै जम्मा १९५ रन मात्र जोड्यो ।

नेपालका लागि इशान पाण्डेले सर्वाधिक ८४ रन बनाए । यसैगरी दिपेन्द्र सिंह ऐरीले ५९, रोहित पौडेलले ४६ र आशिफ शेखले ४३ रन बनाए । अमेरिकाका लागि शुभम रन्जनेले ३ विकेट लिएका थिए ।

Share This Article
Leave a Comment