१५ माघ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको खरिददर १४६ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४७ रुपैयाँ १६ पैसा तोकिएको छ।
यूरोपियन युरोको एकाइ खरिददर १७५ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७६ रुपैयाँ १४ पैसा रहेको छ। युके पाउन्ड स्ट्रलिङको खरिददर २०१ रुपैयाँ ८९ पैसा र बिक्रीदर २०२ रुपैयाँ ७१ पैसा कायम गरिएको छ भने स्विस फ्र्याङ्कको खरिददर १९० रुपैयाँ ७२ पैसा र बिक्रीदर १९१ रुपैयाँ ५० पैसा तोकिएको छ।
अष्ट्रेलियन डलरको खरिददर १०२ रुपैयाँ ५८ पैसा र बिक्रीदर १०३ रुपैयाँ, क्यानेडियन डलरको खरिददर १०७ रुपैयाँ ९७ पैसा र बिक्रीदर १०८ रुपैयाँ ४१ पैसा रहेको छ। सिङ्गापुर डलरको खरिददर ११६ रुपैयाँ १७ पैसा र बिक्रीदर ११६ रुपैयाँ ६५ पैसा तोकिएको छ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ ६० पैसा र बिक्रीदर ९ रुपैयाँ ६४ पैसा, चिनियाँ युआनको खरिददर २१ रुपैयाँ १० पैसा र बिक्रीदर २१ रुपैयाँ १९ पैसा कायम भएको छ। साउदी अरेबियन रियालको खरिददर ३९ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३९ रुपैयाँ २४ पैसा, कतारी रियालको खरिददर ४० रुपैयाँ २१ पैसा र बिक्रीदर ४० रुपैयाँ ३८ पैसा तोकिएको छ।
थाई भाटको खरिददर ४ रुपैयाँ ७१ पैसा र बिक्रीदर ४ रुपैयाँ ७३ पैसा, युएई दिरामको खरिददर ३९ रुपैयाँ ९० पैसा र बिक्रीदर ४० रुपैयाँ ०७ पैसा रहेको छ। मलेसियन रिङ्गेटको खरिददर ३७ रुपैयाँ ४० पैसा र बिक्रीदर ३७ रुपैयाँ ५५ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ २४ पैसा र बिक्रीदर १० रुपैयाँ २९ पैसा कायम गरिएको छ।
स्विडिस क्रोनरको खरिददर १६ रुपैयाँ ६० पैसा र बिक्रीदर १६ रुपैयाँ ६६ पैसा, डेनिस क्रोनरको खरिददर २३ रुपैयाँ ४९ पैसा र बिक्रीदर २३ रुपैयाँ ५९ पैसा रहेको छ।
हङकङ डलरको खरिददर १८ रुपैयाँ ७८ पैसा र बिक्रीदर १८ रुपैयाँ ८६ पैसा, कुवेती दिनारको खरिददर ४८० रुपैयाँ ९२ पैसा र बिक्रीदर ४८२ रुपैयाँ ८९ पैसा तोकिएको छ। बहराइन दिनारको खरिददर ३८८ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३९० रुपैयाँ ३४ पैसा तथा ओमनी रियालको खरिददर ३८० रुपैयाँ ७० पैसा र बिक्रीदर ३८२ रुपैयाँ २६ पैसा कायम गरिएको छ।
नेपाल राष्ट्र बैङ्कले तोकेको यी विनिमयदर अनुसार आज व्यापारी तथा वित्तीय संस्थाहरु आफ्नो कारोबारसम्बन्धी विनिमयदर निर्धारण गर्नेछन्।
नेपाल राष्ट्र बैङ्कद्वारा आज विदेशी मुद्रा विनिमयदर: अमेरिकी डलर १४७ रुपैयाँभन्दा माथि बिक्री
Leave a Comment
Leave a Comment

