१६ बैशाख – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक २५ दशमलव ८१ अङ्कले घटेर दुई हजार ७४४ दशमलव ४५ बिन्दुमा कायम भएको हो ।
आज ३५१ कम्पनीको एक करोड २१ लाख ३४ हजार ३६० कित्ता शेयर एक लाख चार हजार पाँच पटक खरिद बिक्री हुँदा रु चार अर्ब ९८ करोड ६२ लाख ९४ हजार १७३ बराबरको कारोबार कारोबार भएको नेप्सेले जनाएको छ ।
आज विकास बैंक शून्य दशमलव १४, म्युचुअल फन्ड शून्य दशमलव ०१ र व्यापार समूह एक दशमलव ०९ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।
त्यस्तै, लघुवित्त शून्य दशमलव ५४, निर्जीवन बिमा समूह एक दशमलव ११ र अन्य समूह शून्य दशमलव ९२ प्रतिशतले घटेको हो ।

