नेप्से २७.५९ अंकले घट्यो, कारोबार रकम पनि घटेर ६ अर्ब ६९ करोडमा सीमित

1 Min Read

फागुन १० – सेयर कारोबार मापक नेप्से परिसूचक आइतबार २७.५९ अंकले घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिनको तुलनामा १.०४ प्रतिशतले घट्दै नेप्से २ हजार ६ सय १४.५५ अंकमा झरेको हो।
गत मंगलबार करिब २१ अंकले घटेर २ हजार ६ सय ४२.१५ अंकमा बन्द भएको बजार आइतबार पुनः ओरालो लागेको हो। सार्वजनिक बिदाका कारण गत साता सोमबार र मंगलबार मात्र बजार खुलेको थियो।
आइतबार कारोबारमा आएका कम्पनीमध्ये ३४ कम्पनीको सेयर मूल्य बढ्दा २२० कम्पनीको मूल्य घटेको छ। बाँकी ७ कम्पनीको मूल्य स्थिर रहेको छ।
कुल ७२ हजार १ सय ४ पटकको कारोबारमा १ करोड ५९ लाख ८९ हजार ४ सय ३० कित्ता सेयर किनबेच भएको छ। यस दिन ६ अर्ब ६९ करोड ९७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकममा पनि गिरावट आएको छ। गत मंगलबार ८ अर्ब ३६ करोड ४४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो।

Share This Article
Leave a Comment