पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृशोक

1 Min Read

फागुन २९— पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ। उनका बुवा मोहन प्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान निधन भएको हो।
एमाले सचिव पद्मा अर्यालका अनुसार केही दिनयता अस्वस्थ रहेका मोहन प्रसाद ओलीको भक्तपुरको गठ्ठाघरस्थित कोरियन अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो।
उनको पार्थिव शरीर भक्तपुरको गुण्डुस्थित ओली निवासमा राखिने र आजै दिउँसो काठमाडौंको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने स्रोतले जनाएको छ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा झापास्थित मोहन प्रसाद ओलीको घरमा आगजनी भएको थियो। त्यसयता उनी गठ्ठाघरस्थित आफ्नी छोरीको घरमा बस्दै आएका थिए। गएराति स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल लगिएको थियो। अस्पतालमै उपचारका क्रममा उनको निधन भएको एमाले अध्यक्ष ओलीको सचिवालयले जनाएको छ।

Share This Article
Leave a Comment