पेट्रोलियम पदार्थको भाउ यथावत् राख्ने निर्णय

1 Min Read

भाद्र ३० – इण्डियन आयल कर्पोरेसन (आइओसी) बाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आए पनि नेपाल आयल निगमले खुद्रा बिक्री मूल्य भने यथावत् राख्ने निर्णय गरेको छ ।

भोटेकोशी नदीमा आएको बाढीका कारण सिर्जना भएको कठिन अवस्थालाई ध्यानमा राखेर निगम सञ्चालक समितिको निर्णयअनुसार साविकको मूल्य नै कायम राखिएको हो ।

मध्यपूर्वमा चलिरहेको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा भने पेट्रोलियम पदार्थको भाउमा उतारचढाव हुने गरेको छ । पछिल्लो खरिद मूल्यअनुसार पेट्रोलमा प्रति लिटर १२ रुपैयाँ ४० पैसा र डिजेलमा प्रति लिटर ४ रुपैयाँ ६८ पैसा बढेर आएको छ ।

तर पेट्रोल, डिजेल तथा मट्टितेलको खुद्रा बिक्री मूल्य साविककै सरह पहिलो वर्गमा प्रति लिटर १९७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९९ रुपैयाँ र तेस्रो वर्गमा २०० रुपैयाँ नै कायम छ भने खाना पकाउने ग्यासको भाउ पनि प्रति सिलिन्डर २ हजार ६० रुपैयाँ यथावत् राखिएको निगमले जनाएको छ ।

Share This Article
Leave a Comment