२० माघ– नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै केन्द्रीय प्रतिनिधिहरू खटाएको छ।
उपसभापति विश्वप्रकाश शर्मा संयोजक रहेको केन्द्रीय निर्वाचन परिचालन समितिले प्रदेशगत रूपमा जिल्लाहरूको जिम्मेवारी तोक्दै विभिन्न नेताहरूलाई खटाएको हो। जिम्मेवारी पाउनेहरूमा केन्द्रीय सदस्य, पूर्व पदाधिकारी तथा निवर्तमान केन्द्रीय सदस्यहरू रहेका छन्।
पार्टीका अनुसार खटाइएका नेताहरूले अबको एक महिनासम्म सम्बन्धित जिल्लामा रहेर निर्वाचन परिचालन, संगठन सुदृढीकरण र पार्टीका गतिविधि समन्वय गर्नेछन्।
कांग्रेसले आगामी निर्वाचनलाई प्रभावकारी बनाउन केन्द्रदेखि जिल्ला तहसम्म सक्रिय परिचालन आवश्यक रहेको जनाएको छ।

