माघ २५- सरकारले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा ड्रोन प्रयोगमा प्रतिबन्ध लगाएको छ। गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले केन्द्रीय सुरक्षा समितिको निर्णयअनुसार निर्वाचन अवधिभर ड्रोन उडाउन नपाइने जानकारी दिनुभयो।
उहाँका अनुसार सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएको सन्दर्भमा त्यसलाई नियन्त्रण गर्न नेपाल प्रहरीले सञ्चालनमा ल्याएको अत्याधुनिक इकाइलाई अझ प्रभावकारी बनाइनेछ।
गृह मन्त्रालयले सबै सुरक्षा निकाय र प्रशासनिक संयन्त्रलाई निर्वाचन सुरक्षामा कुनै कमजोरी हुन नदिन तथा चुस्त व्यवस्थापन गर्न निर्देशन दिएको छ। साथै, सामाजिक सञ्जाल प्रयोग गर्दा सचेत रहन आग्रह गर्दै झुटा, भ्रामक वा कसैको चरित्रमा आँच पुर्याउने खालका सामग्री प्रकाशन वा प्रसारण गरे कानुनी कारबाही हुने चेतावनीसमेत दिएको छ।
फागुन २१ को निर्वाचनमा ड्रोन प्रयोग निषेध
Leave a Comment
Leave a Comment

