११ पुस । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । उनलाई आज साढे २ बजे शपथ गराउने तयारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
परराष्ट्र मन्त्रालय हाल प्रधानमन्त्री सुशीला कार्की आफैंले सम्हाल्दै आएकी छिन् ।अब प्रधानमन्त्री कार्कीले आफूसँग रक्षा र खानेपानी मन्त्रालय राखेकी छिन् । आज हुन लागेको मन्त्रिपरषद् विस्तार पाँचौपटक भएको हो ।
को हुन् बालानन्द शर्मा ?
पूर्वरथी शर्मा सेना समायोजन विशेष समिति सचिवालयको संयोजक समेत बनेका थिए । नेपाली सेनामा माओवादी लडाकुहरुको समायोजनको कुशल डिजाइनरका रुपमा उनलाई चिनिन्छ ।
राजनीतिक दबाबका बीच ३० हजार माओवादी लडाकूलाई घटाएर १५ सयभन्दा थोरैलाई मात्र समायोजनमा पार्नु र स्वेच्छिक अवकास रोज्नेहरुलाई निश्चित रकम दिएर घर फर्काउने काममा उनले महत्वपूर्ण भूमिका खेलेको बताइन्छ ।

