बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त, आजै शपथ ग्रहण

1 Min Read

चैत १३— राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले उहाँलाई आज प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
राष्ट्रपति पौडेलले शाहलाई नेपालको संविधानको धारा ७६ को उपधारा १ बमोजिम प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको जनाइएको छ ।
नवनियुक्त प्रधानमन्त्री शाहले आजै दिउँसो १२ बजेर ३४ मिनेटमा पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ । शीतलनिवासमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति पौडेलले उहाँलाई शपथ गराउने कार्यक्रम तय गरिएको छ ।
यसैबीच, प्रधानमन्त्री शाहले आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारीसमेत गर्नुभएको छ । नयाँ सरकार गठनसँगै देशको राजनीतिक अवस्थाले नयाँ दिशा लिने अपेक्षा गरिएको छ ।

Share This Article
Leave a Comment