चैत १३— शुक्रबार नेपाली बजारमा सुनको भाउ उल्लेख्य रूपमा घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५ हजार ६ सय रुपैयाँले घट्दै २ लाख ८१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार ६ सय रुपैयाँ थियो ।
समग्रमा हेर्दा, विगत एक सातामा सुनको भाउ १३ हजार ५ सय रुपैयाँले घटेको छ । गत शुक्रबार सुन प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको भाउ पनि आज घटेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १५० रुपैयाँले घटेर ४ हजार ६७० रुपैयाँमा झरेको छ । हिजो चाँदी प्रतितोला ४ हजार ८२० रुपैयाँमा कारोबार भएको थियो ।
साप्ताहिक रूपमा हेर्दा, चाँदीको भाउ पनि २२५ रुपैयाँले घटेको छ । गत शुक्रबार चाँदी प्रतितोला ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको थियो ।
सुन–चाँदीको भाउमा भारी गिरावट
Leave a Comment
Leave a Comment

