ब्राजिल पुनरागमन जितसहित अन्तिम १६ मा

1 Min Read

१६ असार- फिफा विश्वकप–२०२६ अन्तर्गत राउण्ड अफ ३२ को खेलमा ब्राजिलले जापानलाई २–१ गोलअन्तरले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।
अमेरिकाको ह्युस्टनमा आज भएको खेलमा जापानले २९औँ मिनेटमा काइसु सानोको गोलबाट अग्रता लिएको थियो। पहिलो हाफमा एक गोलले पछि परेको ब्राजिलले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्‍यो।
ब्राजिलका कासेमिरोले ५६औँ मिनेटमा हेडमार्फत गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए। त्यसपछि दोस्रो हाफको अतिरिक्त समयमा गाब्रीएल मार्टिनेलीले निर्णायक गोल गरेपछि ब्राजिलले २–१ को रोमाञ्चक जित निकाल्दै अन्तिम १६ मा प्रवेश गरेको हो।

Share This Article
Leave a Comment