मन्त्रीहरूले राजीनामा दिएर चुनाव लड्नु स्वाभाविक, सरकार कसैको प्रभावमा छैन : प्रधानमन्त्री कार्की

1 Min Read

माघ १९ —प्रधानमन्त्री सुशीला कार्कीले केही मन्त्रीले पदबाट राजीनामा दिएर निर्वाचनमा प्रतिस्पर्धा गरेको आधारमा सरकार कुनै राजनीतिक दलको प्रभावमा रहेको भन्नु गलत भएको स्पष्ट पार्नुभएको छ। राष्ट्रियसभामा सम्बोधन गर्दै उहाँले मन्त्री पद छाडेर चुनाव लड्नु लोकतान्त्रिक अधिकार भएको बताउनुभयो।

उहाँले अन्तरिम सरकार कसैको दबाब वा प्रभावमा नरहेको जिकिर गर्दै आफू पनि कुनै दलगत राजनीतिक व्यक्तित्व नभएको उल्लेख गर्नुभयो। हालका मन्त्रीहरू कुलमान घिसिङ, जगदीश खरेल, महावीर पुन र बब्लु गुप्ताले राजीनामा दिएर निर्वाचनमा भाग लिएको जानकारी पनि दिनुभयो।

प्रधानमन्त्री कार्कीले जेनजी युवाको आन्दोलनपछि बनेको अन्तरिम सरकारले देशलाई संवैधानिक मार्गमा फर्काउने जिम्मेवारी लिएको बताउँदै आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन स्वच्छ र निष्पक्ष रूपमा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँले आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको उपचार र परिवारलाई राहत उपलब्ध गराइएको जानकारी दिनुभयो। साथै भ्रष्टाचार न्यूनीकरण, सुशासन प्रवर्द्धन र पारदर्शिता कायम गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो।

Share This Article
Leave a Comment