महिला टी–२० विश्वकप ग्लोबल छनोट : नेपालको पहिलो खेल थाइल्यान्डसँग

1 Min Read

पुस ८ । जनवरी १२ देखि फेब्रुअरी १ तारिखसम्म त्रिवि मैदान कीर्तिपुरमा हुने आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपालले पहिलो खेल थाइल्यान्डसँग खेल्ने भएको छ ।

आइसिसीले आइतबार सार्वजनिक गरेको समूह विभाजन खेल खेल तालिका अनुसार नेपालको पहिलो खेल जनवरी १८ तारिख थाइल्यान्डसँग परेको हो । छनोटका खेलहरू त्रिवि मैदान र मुलपानी क्रिमेट मैदानमा हुने छ । 

छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ । यस समूहमा स्कटल्यान्ड, थाइल्यान्ड, जिम्बाब्वे र नेदरल्यान्ड्स रहेको छ । १० देशको सहभागिता रहने छनोट खेलको समूह ‘ए’ मा बङ्गलादेश, आयरल्यान्ड, पपुवा न्युगिनी (पिएनजी), नामिबिया र अमेरिका रहेको छ । 

ग्लोबल छनोटका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले दोस्रो चरणको बन्द प्रशिक्षण क्याम्पमा २० जना खेलाडीलाई राखेको छ । यही २० जनाबाट अन्तिम खेलाडीको घोषणा हुने छ ।

ग्लोबल छनोटका लागि क्यानले भारतीय हर्शल जयन्त पाठकलाई महिला टोलीको प्रशिक्षकमा नियुक्त गरेको छ । नेपाली महिला क्रिकेट टोलीले पहिलो पटक विदेशी प्रशिक्षक पाएको हो । 

Share This Article
Leave a Comment