९ पुस- नेपालको तराई क्षेत्र, विशेषगरी पश्चिम तराईमा विगत केही दिनदेखि चिसो ह्वात्तै बढेको छ ।
मौसमविद् सरोज पुडासैनीका अनुसार आज पनि देशभरका तराई भू-भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । तराई मधेशका अधिकांश क्षेत्रमा भिजिबिलिटी (पारदर्शिता) १ किलोमिटर भन्दा कम रहेको छ ।
पश्चिम तराईमा हिजो दिनभरि नै घाम लाग्न सकेन, आज पनि अवस्था त्यस्तै हुने पूर्वानुमान छ ।
तराई मात्र नभई पहाडी क्षेत्रका खोँच, उपत्यका र नदी तटीय क्षेत्रहरूमा पनि हुस्सु लागेको पुडासैनीले बताए ।विभागले तराईदेखि मधेश प्रदेशसम्मका नागरिकलाई चिसोबाट बच्न विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । घाम नलाग्ने र बाक्लो हुस्सु लाग्ने क्रम आगामी केही दिन जारी रहने देखिएकाले स्वास्थ्य र यात्रामा ध्यान दिन मौसमविद्को सुझाव छ ।

