माघ ११ गते राष्ट्रिय सभा निर्वाचन, सबै प्रदेशमा तयारी पूरा

1 Min Read

माघ ११ – राष्ट्रिय सभा सदस्यका लागि आज मतदान हुँदै छ । आगामी फागुन २० गते पदावधि सकिने १९ सदस्यको स्थान पूर्तिका लागि सातै प्रदेशका तोकिएका मतदान केन्द्रमा बिहान ८ बजेदेखि मतदान हुनेछ । निर्वाचन आयोगका अनुसार सबै तयारी पूरा भइसकेको छ ।
निर्वाचनमा १८ पदका लागि ४४ उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुख/अध्यक्ष–उपाध्यक्ष सम्मिलित निर्वाचक मण्डलले मतदान गर्नेछन् । प्रदेश सभा सदस्यको मतभार ५३ र पालिकाका जनप्रतिनिधिको मतभार १९ तोकिएको छ । एक सदस्य भने राष्ट्रपतिबाट मनोनीत हुने व्यवस्था छ ।

Share This Article
Leave a Comment