१७ वैशाख– । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी सम्बन्धि अध्यादेश जारी गर्नुभएको छ । उहाँले आज यो अध्यादेश जारी गर्नुभएको हो ।
सरकारको सिफारिसको आधारमा राष्ट्रपति पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जानकारी गराएको छ । संविधानको धारा ११४ को उपधारा १ बमोजिम सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
संवैधानिक परिषद्, केही नेपाल ऐन, स्वास्थ्य विज्ञान प्रतिष्ठान, विश्वविद्यालय र सार्वजनिक पदाधिकारी पदमुक्ति सम्बन्धी अध्यादेश पनि राष्ट्रपतिसमक्ष पठाइएकोमा यी अध्यादेशहरूमाथि भने राष्ट्रपति पौडेलले संविधानविद्हरूसँग परामर्श लिएर निर्णय लिने जनाइएको छ ।


