वीरगञ्ज महानगर प्रमुख सहितलाई भ्रष्टाचार मुद्दा

1 Min Read

जेठ २५- पर्साको वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह सहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
महानगरपालिका वडा नं. ३ र जिल्ला प्रशासन कार्यालय पर्साबाट जन्म दर्ता तथा नागरिकता बनाउँदा गलत लिखत तयार पारी सरकारी कागजात सच्याई नोक्सान गरी भ्रष्टाचार गरेको आरोपमा प्रमुख सिंह बिरुद्ध मुद्दा दायर भएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार सिंह सहित वीरगञ्ज महानगरपालिका वडा नं. ३ का तत्कालीन वडा सचिव भिखारी राय, तत्कालीन वडा सदस्य एवम् कार्यवहाक अध्यक्ष तुफैल अख्तर ठकुराई, जिल्ला प्रशासन कार्यालय, पर्साका तत्कालीन प्रशासकीय अधिकृत षड कुमार पोखरेलविरुद्ध मुद्दा दायर भएको छ।

यसैगरी, गृह मन्त्रालय छानविन समितिका संयोजक र सदस्य तत्कालीन उपसचिव पुस्कर राना र शाखा अधिकृत पर्शुराम पोखरेल र सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका ववडा नं. १० वतन भएकी रिता भट्टराईविरुद्ध पनि मुद्दा दायर भएको छ ।

आयोगका अनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९, दफा ११ र दफा १२ बमोजिमको कसुरमा कैद र जरिवाना सजाय हुन मागदाबी लिइ सोमबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर भएको हो ।

Share This Article
Leave a Comment