फिलिपिन्समा शक्तिशाली भूकम्पका कारण कम्तीमा १९ जनाको ज्यान गयो

1 Min Read

जेठ २५- फिलिपिन्समा शक्तिशाली भूकम्पका कारण कम्तीमा १९ जनाको ज्यान गएको छ । दक्षिणी फिलिपिन्समा आज बिहान गएको ७ दशमलव ८ म्याग्निच्युडको भूकम्पमा परी ७ जना बेपत्ता रहेका र १३४ जना घाइते भएका बीबीसीले जनाएको छ ।

भूकम्पले फिलिपिन्सको प्रमुख दक्षिणी टापु मिन्डानाओको जेनरल सान्तोस शहरको समुद्री तट क्षेत्रमा केन्द्रविन्दु बनाएको थियो । यो टापु माछाका लागि प्रख्यात छ ।

फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले सबै सरकारी निकायहरूलाई तत्काल आवश्यक कदम चाल्न निर्देशन दिनुभएको छ ।

Share This Article
Leave a Comment