समानुपातिकतर्फ उम्मेदवारको अन्तिम बन्दसूची सार्वजनिक

1 Min Read

माघ २१–निर्वाचन आयोगले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक गरेको छ। आयोगले हिजो प्रकाशित गरेको अन्तिम नामावलीअनुसार ६३ राजनीतिक दलबाट ५७ वटा निर्वाचन चिह्न कायम भएका कूल ३ हजार १ सय ३५ जना उम्मेदवार सूचीमा समावेश छन्।
प्रकाशित बन्दसूचीमा महिला उम्मेदवारको सङ्ख्या पुरुषभन्दा बढी देखिएको छ। सूचीअनुसार १ हजार ७ सय ७२ जना महिला र १ हजार ३ सय ६३ जना पुरुष उम्मेदवार रहेका छन्। यसले समानुपातिक प्रणालीमार्फत महिलाको प्रतिनिधित्व उल्लेखनीय रूपमा बढेको संकेत गरेको छ।

समानुपातिकतर्फ कुल ६३ राजनीतिक दल निर्वाचन प्रक्रियामा सहभागी छन् भने आयोगले तीमध्ये ५७ दललाई निर्वाचन चिह्न प्रदान गरेको जनाएको छ।
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २९ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम १६ को उपनियम (२) बमोजिम अन्तिम नामावली प्रकाशन गरिएको स्पष्ट पारेको छ। यसअघि आयोगले बन्दसूचीमा समावेश ७६ जना उम्मेदवारको नाम भने हटाएको थियो।

Share This Article
Leave a Comment