समानुपातिकतर्फ रास्वपाको अग्रता, ११ लाख ४० हजार मत

1 Min Read

फागुन २४ – समानुपातिकतर्फ २२ लाखभन्दा बढी मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १० लाखभन्दा बढी मत प्राप्त गरेको छ । पछिल्लो विवरणअनुसार रास्वपाको ११ लाख ४० हजार मत पुगेको छ ।
यस्तै नेपाली कांग्रेसले ३ लाख ७७ हजार मत प्राप्त गरेको छ भने नेकपा एमालेको ३ लाख २ हजार मत आएको छ । नेकपाले १ लाख ३७ हजार मत प्राप्त गरेको छ ।
समानुपातिकतर्फ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को ८२ हजार तथा श्रम संस्कृति पार्टीको ४६ हजार मत आएको छ ।

Share This Article
Leave a Comment