सरकारले २३ जना सहसचिवको सरुवा, ५ लाई स्थानीय तह र ५ लाई प्रदेशतर्फ पठायो

1 Min Read

१४ फागुन- सरकारले मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार २३ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ। विवरणअनुसार नेपाल प्रशासन, नेपाल विविध तथा नेपाल शिक्षा सेवाका सहसचिवहरूलाई विभिन्न संघीय मन्त्रालय, आयोग, प्रदेश मन्त्रालय र स्थानीय तहमा जिम्मेवारी दिइएको छ।

सरुवामा परेका सहसचिव मध्ये ५ जनालाई महानगर तथा उपमहानगरपालिकाको प्रमुख प्रशासनिक अधिकृतका रूपमा, ५ जनालाई विभिन्न प्रदेश प्रमुखको कार्यालयमा सचिवका रूपमा कार्यभार दिन व्यवस्थापन गरिएको छ भने बाँकीलाई संघीय निकाय तथा मन्त्रालयमा खटाइएको छ।
सरकारको निर्णयले प्रशासनिक, व्यवस्थापन र स्थानीय तहदेखि संघीय निकायसम्म जनशक्ति सन्तुलन मिलाउन खोजिएको छ।

Share This Article
Leave a Comment