माघ १७,झापा — झापाको प्रतिष्ठित फुटबल प्रतियोगिता झापा गोल्डकप को सातौँ संस्करण यही माघ २४ गतेदेखि फागुन ४ गतेसम्म सञ्चालन हुने भएको छ। प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशाला मा आयोजना हुनेछ।
यस संस्करणमा पुरस्कार राशिमा वृद्धि गरिएको आयोजकले जनाएको छ। प्रतियोगिताको उपाधि विजेताले १५ लाख रुपैयाँ र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।
प्रतियोगितामा नेपाल, भारत, भुटान र मलेसियाका गरी १० टोली सहभागी हुनेछन्।
नेपालबाट सहभागी टोलीहरू:
आयोजक झापा–११ फुटबल क्लब
चर्च ब्वाइज युनाइटेड
त्रिभुवन आर्मी एफसी
एपीएफ एफसी
नेपाल पुलिस एफसी
मछिन्द्र एफसी
लालीगुराँस एसोसिएसन नेपाल, पोखरा
अन्तर्राष्ट्रिय टोलीहरूमा:
रोयल थिम्पु कलेज (भुटान)
सिंग्लिङ स्पोर्टिङ क्लब (भारत)
एन पेनाङ एफसी (मलेसिया)
आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब १ करोड ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
सातौँ झापा गोल्डकप माघ २४ देखि सुरु
Leave a Comment
Leave a Comment

