सुनचाँदीको भाउ घट्यो

1 Min Read

जेठ ६, २०८ – सुनचाँदीको भाउ घटेको छ । आज सुनको भाउ ३ हजार ३०० रुपैयाँले घटेको हो । भाउ घटेर सुन तोलाको २ लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख ९५ हजार ३०० रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको भाउ तोलामा १२५ रुपैयाँले घटेको छ । चाँदीकाे भाउ घटेर आज ताेलाकाे ४ हजार ९६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

Share This Article
Leave a Comment