आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दै

1 Min Read

जेठ ८ गते – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । त्रिवि क्रिकेट रङ्गशाला कीर्तिपुरमा बिहान साढे ९ बजे सुरु हुने खेल घरेलु मैदानमा नेपालको शृङ्खलाअन्तर्गत अन्तिम खेल हो । नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी त्रिदेशीय शृङ्खलामा नेपाल पुनः जित निकाल्दै अंक तालिकामा सुधार गर्ने लक्ष्यमा छ ।
शृङ्खलाको पहिलो खेलमा स्कटल्याण्डसँग डिएलएस पद्धतिमा २ रनले पराजित भएको नेपालले त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै अमेरिकालाई ९ विकेटले र स्कटल्याण्डलाई ५ विकेटले हराएको थियो । हाल अमेरिका २७ खेलबाट ३८ अंकसहित शीर्षस्थानमा रहेको छ भने नेपाल २२ अंकसहित पाँचौँ स्थानमा छ ।
नेपाल र अमेरिकाबीच हालसम्म १२ एकदिवसीय खेल भएका छन् । जसमा नेपालले ५ खेल जितेको छ भने अमेरिका ६ खेलमा विजयी भएको छ । एक खेल टाई भएको थियो ।

Share This Article
Leave a Comment