सुन–चाँदीको भाउ फेरि नयाँ रेकर्ड, सुन प्रतितोला २ लाख ७६ हजार ५ सय पुग्यो

1 Min Read

२९ पुस- सुन र चाँदीको मूल्य फेरि बढ्दै नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुनको भाउ प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँ तोकेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा १ हजार ८ सय रुपैयाँले बढी हो । यसअघि प्रतितोला २ लाख ७४ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।


यस्तै, चाँदीको भाउ पनि बढेर प्रतितोला ५ हजार ३ सय ४० रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा चाँदी १ सय ४५ रुपैयाँले महँगिएको हो । हिजो चाँदी प्रतितोला ५ हजार १ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड बनाउँदै उच्च विन्दु छोएपछि त्यसको प्रभाव नेपाली बजारमा पनि परेको महासंघले जनाएको छ । लगातार बढ्दो मूल्यका कारण बजारमा सुनचाँदीको कारोबारमा समेत प्रभाव पर्न थालेको व्यवसायीहरू बताउँछन् ।

Share This Article
Leave a Comment