सुन–चाँदीको मूल्यमा नयाँ कीर्तिमान

1 Min Read

११ माघ,गौरादह —सुनचाँदीको भाउ बढ्ने क्रम रोकिएको छैन । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुन र चाँदी दुवैको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा २ हजार ४ सय रुपैयाँले बढेर तोलाको ३ लाख ३ हजार ८ सय रुपैयाँ पुगेको छ । यसअघि गत शुक्रवार सुन तोलाको ३ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज चाँदी तोलामा २ सय ९० रुपैयाँले बढेर तोलाको ६ हजार ४ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । शुक्रवार चाँदीको भाउ तोलाको ६ हजार १ सय ९० रुपैयाँ थियो ।
विश्व अर्थतन्त्रमा बढ्दो अनिश्चितता, उच्च मुद्रास्फीति तथा भूराजनीतिक तनावका कारण सुरक्षित लगानीका रूपमा सुन र चाँदीप्रति आकर्षण बढ्दै गएको विश्लेषकहरूको भनाइ छ । यही कारण अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा त्यसको प्रभाव नेपाली बजारमा पनि देखिएको हो ।

Share This Article
Leave a Comment