पुष ९- प्रतिनिधिसभा सदस्य चुनावको मिति नजिकिँदै गर्दा राजनीतिक दलहरुले आन्तरिक तयारीलाई तीव्र पारेका छन् ।
निर्वाचन आयोगले राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य चुनावको कामलाई एकैसाथ अगाडि बढाएको छ । आयोगले आउँदो माघ ११ गते हुने राष्ट्रियसभा सदस्य चुनावका लागि जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत नियुक्त गरिसकेको छ ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार प्रतिनिधिसभाको चुनावका लागि ९३ दलले समानुपातिक सूचीमा रहन निवेदन दिएका छन् भने दलहरूले नयाँ प्रतिशतका आधारमा समावेशी समूह मिलाएर यही पुस १३ र १४ गते उम्मेदवारको बन्द सूची पेश गर्ने समयसीमा तोकिएको छ ।

