२६ पुष, झापा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपालसँगको एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टी (उनेपा) ले अध्यक्षमा कुलमान घिसिङलाई नियुक्त गरेको छ।
पार्टीका प्रवक्ता डा. राजु थापाले अध्यक्षमा घिसिङको नियुक्ति गरिएको र यसबारे औपचारिक घोषणा गरिने जानकारी दिनुभएको छ।
यसअघि निर्वाचन आयोगमा पार्टी दर्ता गर्दा अनुप उपाध्यायलाई अध्यक्षका रूपमा उल्लेख गरिएको थियो। राजनीतिक परिस्थितिमा आएको परिवर्तनपछि केन्द्रीय समितिको निर्णयअनुसार घिसिङलाई पार्टीको नेतृत्व सुम्पिएको प्रवक्ताले बताए।
यस विषयमा निर्णय गर्न आज दिउँसो ४ बजे उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको आकस्मिक बैठक बोलाइएको छ। बैठकपछि अध्यक्ष घिसिङले आजै पत्रकार सम्मेलन गरी आगामी राजनीतिक कार्यदिशाबारे जानकारी दिने कार्यक्रम रहेको छ।

