दमक र गौरीगञ्जका मतदातासँग भेट्दै अध्यक्ष ओली

1 Min Read

फाल्गुन १३, झापा । प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसारका लागि झापा–५ मा रहनुभएका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज दमक र दक्षिणी क्षेत्र गौरीगञ्जका मतदातासँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ।
अहिले दमकका मतदाता संग केहिबेर भेटघाट मा रहेर अध्यक्ष ओली मुख्य रूपमा गौरीगञ्ज केन्द्रित रहनुहुनेछ ।

झापा जिल्ला सचिव तुलसी कार्कीका अनुसार गौरीगञ्जमा करिब सात घण्टाको अवधिमा १२ वटा टोलका मतदातासँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम तय गरिएको छ। बिहान ११ बजेदेखि सुरु हुने कार्यक्रम अपरान्ह ५ बजेसम्म सञ्चालन हुनेछ।
यस क्रममा गौरीगञ्ज–५ का श्यामा टोली, हरिरा, माथिल्लो दिनाभद्री, अल्ताबारी, दुर्गा मन्दिर र नयाँ बजार क्षेत्रमा मतदातासँग भेटघाट गरिनेछ। त्यस्तै बाह्रशुद्धी, लतिझुला, भवानीपुर र हुक्कागाछीमा पनि कार्यक्रम राखिएको छ।
गौरीगञ्ज–३ अन्तर्गत बगुवातेलकानी, ठेकीटोला र तेलकानी टोलका मतदातासँग पनि अध्यक्ष ओलीले छलफल गर्नुहुनेछ। यसअघि पनि सो क्षेत्रका मतदातासँग भेटघाट गरिसक्नुभएका ओलीले आज पुनः भेटघाटलाई निरन्तरता दिन लाग्नुभएको हो।

Share This Article
Leave a Comment