अब विद्यार्थीहरूले अनलाइनबाटै एनओसी लिन सक्ने

1 Min Read

६ बैशाख — वैदेशिक अध्ययनमा जान इच्छुक विद्यार्थीहरूले अब घरमै बसेर अनलाइनमार्फत ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिन सक्ने भएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको एनओसी शाखाले सेवा पूर्ण रूपमा फेसलेस र अनलाइन प्रणालीमा गरेपछि एनओसी लिन सहज हुने भएको हो ।

यस सेवाका लागि त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयसँग प्रणाली अन्तरआवद्धता गरिएको छ। अब विद्यार्थीले आवेदन दिँदा नागरिकता, एनइबीको प्रमाणपत्र तथा विश्वविद्यालयसम्बन्धी विवरण स्वतः प्रणालीबाट प्रमाणीकरण हुने भएकाले कार्यालयमा भौतिक रूपमा उपस्थित हुनुपर्ने बाध्यता हटेको हो । अब आवश्यक राजस्व  अनलाइनमार्फत नै भुक्तानी गरि  स्वीकृत भएको एनओसी सर्टिफिकेट विद्यार्थीले आफ्नै प्रोफाइलबाट डाउनलोड गरी प्रिन्ट गर्न सकिने बनाइएको छ ।
सर्टिफिकेटमा क्यूआर कोड समावेश गरिएकाले यसको प्रामाणिकता सहज रूपमा जाँच गर्न सकिनेछ। वैदेशिक अध्ययनका लागि एनओसी लिन चाहने विद्यार्थीहरूले शिक्षा मन्त्रालयको अनलाइन पोर्टलमार्फत आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ ।

Share This Article
Leave a Comment