चैत २० – सर्वोच्च अदालतले शैक्षिक सत्र औपचारिक रूपमा शुरू भएपछि मात्र नयाँ विद्यार्थी भर्ना लिनुपर्ने अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीश बालकृष्ण ढकाल को एकल इजलासले जारी गरेको आदेशमा वार्षिक परीक्षाको नतिजा प्रकाशित नभई, शैक्षिक सत्र प्रारम्भ नभई तथा आवश्यक प्रमाणपत्र (लब्धाङ्कपत्रसहित) उपलब्ध नभएको अवस्थामा भर्ना सम्बन्धी कुनै सूचना प्रकाशित गर्न नपाइने स्पष्ट गरिएको छ।
अदालतको आदेसमा शिक्षा नियमावली २०५९ को प्रावधानलाई आधार मान्दै वैशाख २ गतेबाट शुरू हुने नयाँ शैक्षिक सत्रसँगै मात्र भर्ना प्रक्रिया सञ्चालन गर्नुपर्ने किरा उल्लेख गरिएको छ । परीक्षा नतिजा, शैक्षिक सत्र र प्रमाणपत्र व्यवस्थापनबीच समन्वय आवश्यक रहेको विषयमा आदेशमा जोड दिइएको छ।
यसैबीच अदालतले सम्बन्धित निकायलाई प्रचलित कानूनअनुसार काम गर्न निर्देशन दिँदै विपक्षी पक्षलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न पनि आदेश दिएको छ।
यसअघि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्र ले नतिजा प्रकाशनपछि मात्रै नयाँ शैक्षिक सत्र २०८३ मा भर्ना सञ्चालन गर्न निर्देशन दिएको भए पनि सो विपरीत विद्यालयहरूले भर्ना सूचना निकालिएको विषय अदालतको आदेशमा औंल्याइएको छ।
नयाँ शैक्षिक सत्र औपचारिक रूपमा शुरू भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश
Leave a Comment
Leave a Comment

