चैत १४– जेनजी आन्दोलनमा भएको दमन,क्षति ,हिंसा र विध्वंसबारे जाच बुझ आयोगको प्रतिवेदन क्रममा पक्राउ गरिएका एमाले अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल) भर्ना हुनुभएको छ । उहाँलाई ‘एनेक्स वान’ भवनको ५०१ नम्बर बेडमा भर्ना गरिएको हो ।आज बिहान पक्राउ परेपछि स्वास्थ्य परीक्षण गर्न ओलीलाइनमा अस्पताल लगिएको थियो ।
मिर्गौला प्रत्यारोपणका बिरामी भएकाले उहाँलाई सुरुमा अस्पतालको ‘रेड जोन’को २७ नम्बर बेडमा राखिएको थियो । त्यहाँ नेफ्रोलोजी टिमका डाक्टर रविन नेपालीसहितको टोलीले स्वास्थ्य जाँच गरेको थियो । प्रहरीले आज विहानै ओली संगै तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पनि पक्राउ गरेको छ ।

